‘मायाको बारी’मा हिरो यशराज बैबाहिक बन्धनमा बाँधिए
नेपाली सिनेमा नगरीमा उदाउँदै गरेका नायक यशराज गरच बैबाहिक बन्धनमा बाँधिएका छन् । उनले आइतबार अर्थात असार ३० गते प्रेमिका अञ्जना मिश्रलाई दुलहीको रुपमा घर भित्राएका हुन् ।
आफ्नो अस्थायी घर सुकेधाराबाट ५० जना जन्ती लिएर यशराज अञ्जनालाई लिन पुरानो बानेश्वरमा रहेको एक पार्टी प्यालेसमा पुगेका थिए ।पञ्चे बाजा घन्काउँदै यशराजले अञ्जनाको सिउँदो रंगाएका हुन् । आफ्नो प्रेमलाई बिहेमा परिणत गर्न पाउँदा यशराज निक्कै खुशी देखिएका थिए । उनले बिहे भोज साउन २ गते काठमाण्डौकै एक पार्टी प्यालेसमा दिने तयारी गरेका छन् । उक्त पार्टीमा नेपाली सिनेमाका चर्चित कलाकार सहित ३ सय जना चलचित्रकर्मीको सहभागीता रहने बताइएको छ चलचित्र ‘स्वर’ मार्फत नेपाली रजतपटमा भित्रिएका यशराजले ‘मायाको बारी’ मार्फत चर्चा पाएका थिए । बिहे बन्धनमा बाँधिएका नायक यशराजलाई हाम्रो तर्फबाट पनि शुभकामना ।पञ्चे बाजा घन्काउँदै यशराजले अञ्जनाको सिउँदो रंगाए आफ्नो प्रेमलाई बिहेमा परिणत गर्न पाउँदा यशराज निक्कै खुशी, भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला ।Category: gossip
0 comments