उसिनेको आलु पछि ‘जय शम्भो ल रक्सीले कम भो’(भिडियो)
चलचित्र ‘होस्टेल’मा समावेश ‘केटी भनेको त क्यूट हुनुपर्छ, हट त उसिनेको आलु पनि हुन्छ’ भन्ने संवादले खुबै चर्चा पायो । सामाजिक संजाल देखि युवायुवतीको मुखमा यही संवादले डेरा जमायो । भाद्र १४ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्र अहिले सर्वाधिक चर्चामा छ । दुर्गिस फिल्मस्को ब्यानरमा सुनिल रावलले निर्माण गरेको यो चलचित्रलाई हेमराज वीसीले निर्देशन गरेका हुन् ।
पहिलो प्रोमोले चर्चा पाएपछि निर्माणपक्षले दोश्रो प्रोमो दर्शकमाझ ल्याएको छ । दोश्रो प्रोमोले दर्शकलाई झनै लोभ्याउने विश्वास निर्माणपक्षको छ । चलचित्रमा अनमोल केसी, सलोन बस्नेत, गौरब पहाडी, रिस्ता बस्नेत, प्रकृती श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । युवापुस्तामा लक्षित सुनिल रावलको यो सिनेमाले बक्स अफिसमा नयाँ रेकर्ड राख्ने धेरैको आशा छ । तेश्रो अनटाइटल प्रोजेक्टमा सम्पादक सुरेन्द्र पौडेललाई निर्देशकको रुपमा भित्राउन लागेका सुनिलले ‘होस्टेल’ रिलिजको ५० दिन पछिै नयाँ सिनेमाको सुरुवात गर्नेछन् । निर्माणपक्षले सार्वजनिक गरेको चलचित्रको नयाँ प्रोमो हेर्नको लागि तलको बक्स मा क्लिक गर्नुहोस।Category: gossip
0 comments