कुटेर प्रेमीको नाक भाचिदिएपछी नायीका पक्राउ

Unknown | 08:14 | 0 comments

नायीका इमा रोबर्ट्सलाई प्रेमी कुटेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । २२ वर्षीय इमालाई अमेरिकन स्टार इभान पिटर्सलाई कुटेपछी प्रहरीले पक्राउ गरेको हो । टिएमजेडले दिएको रिपोर्ट अनुसार इमालाई प्रेमीलाई कुटेर घाइते बनाएको देखेका केही व्यक्तिले प्रहरीमा खबर गरेपछी आएको प्रहरीले पक्राउ गरेको हो ।

एउटा होटेलमा बसिरहेको बेला भएको दुईबीचको झगडाका क्रमा इमाले २६ वर्षीय पिटर्सको नाकबाट रगत निस्किने गरी कुटेकी थिइन् । उनले पिटर्सलाई टोकेको समेत भेटेपछी प्रहरीले उनलाई पक्राउ गरी नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको केही घण्टापछी प्रहरीले इमालाई छाडेको थियो । इमाका प्रेमी पिटर्सले आफुले कुनै केस नगर्ने र सामान्य विवाद हुँदा झुक्किएर यस्तो घटना भएको बताएपची इमालाई प्रहरीले छाडेको हो । उनीहरुले दुईबीचको गलत बुझाईका कारण यस्तो घटना घटेको प्रहरीसमक्ष बताएका थिए । पुरा भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला ।

Category:

0 comments