यशराजको बिहे पार्टीमा करिश्माको ट्याटु, हमाल र हिरोइनको चर्चा
असार ३० गते बैबाहिक बन्धनमा बाँधिएका नायक यशराज गरचले साउन २ अर्थात बुधबार बेलुकी एक रात्री भोजको आयोजना गरेका छन् । उक्त पार्टीमा नेपाली सिनेमाका चर्चित कलाकारहरुको समेत उपस्थिती देखिएको थियो । कार्यक्रमको मुख्य आकर्षणको रुपमा नायक राजेश हमाल, नायिका करिश्मा मानन्धर, नायक आर्यन सिग्देल देखिएका थिए । पार्टीमा आकर्षक साडी लगाएर पुगेकी नायिका करिश्मा मानन्धरको चर्चा खुबै भयो । अझ करिश्माको आकर्षक ट्याटुको त झनै तारिफ र चर्चा भएको थियो ।
यस्तै नायक राजेश हमाललाई भने पार्टीमा उपस्थित उनका फ्यानहरुसँग फोटो खिचाउँदैमा फुर्सद मिलेन । पार्टीमा प्रवेश गरेसँगै हमालसँग फोटो खिचाउनेको भिड लागेको थियो । नायक आर्यन सिग्देल पनि पार्टीको मुख्य आकर्षणको रुपमा रहन पुगे । रातो सर्ट र जिन्स पाइन्टमा पार्टीमा पुगेका आर्यन युवतीहरुको नजरमा परेका थिए । यस्तै यशराजको बिहे पार्टीमा नायिकाहरु केकी अधिकारी, बेनिशा हमाल, अशिष्मा नकर्मी, रिमा विश्वकर्मा, कल्पना शाही, नायक मुकेश आचार्य, निर्मल शर्मा लगायतको पनि उपस्थिती थियो । नायक तथा मोडल यशराजको बिहे पार्टीलाई सिनेमा तथा म्यूजिक नगरीका चर्चित अनुहारले रंगिन बनाएका थिए ।भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला ।Category: gossip
0 comments