‘टुल्के’ पछि मुर्रेको निर्देशनमा स्म्यासिङ एप्पलको नयाँ सिनेमा

Unknown | 12:55 | 0 comments

‘स्म्यासिङ एप्पल’ले तेश्रो सिनेमा बनाउने तयारी गरेको छ । पहिलो चलचित्र ‘वधशाला’ निर्माण गरेर चर्चा कमाएको यो ब्यानरले दोश्रो चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ निर्माण गर्ने तयारी गरेको छ । दोश्रो सिनेमा निर्माण नहुँदै यो कम्पनीले तेश्रो चलचित्र बनाउने घोषणा पनि गरेको छ ।

फेब्रुअरी देखि छायांकन हुने यो सिनेमाको कथा मुर्रे र सीटी जोरोले लेखेका छन् ।‘बिरामी शहर’ निर्देशक मुर्रे केरले यो सिनेमाको निर्देशन गर्ने बताइएको छ । द्वन्द्वको कथालाई ‘वधशाला’को मुख्य बिषय बनाएको यो कम्पनीले दोश्रो चलचित्र ‘टलकजंग भर्सेस टुल्के’लाई कमेडी धारमा बनाउने बताएको छ । यस्तै मुर्रेले निर्देशन गर्न लागेको नयाा चलचित्र भने याक्सन केन्दि्रत हुने बताइएको छ । स्म्यासिङ एप्पलका निर्माता मोहन डोटेल र मुर्रे बिच यो बिषयमा समहती भएको हो ।भिडियो हेर्नुहोस्

Category:

0 comments