दयाहाङ राई नायिकहरु संग यसरि रोमान्स गर्दै
चलचित्र ‘लुट’का गोफ्ले अर्थात दयाहाङ राई अब रोमान्टिक हिरो बन्ने सोचमा छन् । यसैले उनी चलचित्र ‘झोले’मा नायिका पि्रयंका कार्कीसँग रोमान्स गर्दै गरेको अवस्थामा देखिनेछन् । यसैबिच दयाहाङ अब अर्की एक सुन्दर नायिकासँग पनि चलचित्रको पर्दामा रोमान्स गर्ने तयारीमा छन् । निर्माताबाट निर्देशक बन्न लागेका मुनाल घिमिरेको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘हे ब्यूटिफूल’मा दयाहाङको साथमा सुवास थापा, दीपशिखा शाही, अर्जुन श्रेष्ठ, गणेश उप्रेतीको मुख्य भूमिका रहनेछ ।
चलचित्रको छायांकन भदौबाट सुरु गरिने निर्देशक घिमिरेले अनलाइनखबरलाई जानकारी दिएका छन् । चलचित्रमा रोम वली, नविन श्रेष्ठ, लक्ष्मण पौडेल र केशव श्रेष्ठको लगानी रहने बताइएको छ । चलचित्रमा मुनाल घिमिरे र प्रकाश घिमिरेको कथा, पुरुषोत्तम प्रधानको छायांकन, वीपिन सागर र करन कार्कीको संगीत, लोकराज अधिकारीको गीत रहनेछ । चलचित्र युवापुस्तमा केन्दि्रत हुने निर्देशक घिमिरेको भनाई छ । सिनेमाका निर्देशकहरुबाट सन्तुष्ट नभएर तपाई आफै निर्देशक बन्न लाग्नु भएको हो भन्ने अनलाइनखबरको प्रश्नमा नव निर्देशक घिमिरेले आफूमा सानै देखि यसको रुचि भएकाले जिम्मेबारी सम्हाल्न लागेको बताए । निर्देशक ऋषि लामिछानेबाट धेरै कुरा सिकेर निर्देशक बन्न लागेको घिमिरेको भनाई छ ।तलको बक्स मा क्लिक गरि हेर्नुहोस त भिडियो सहित ।Category: gossip
0 comments