कटि्रनाले विकिनी लगाउँदा सलमानको चढ्यो पारो

Unknown | 08:14 | 0 comments

पछिल्लो समय नायिका कटि्रना कैफले स्पेनमा नायक रणवीर कपुरसँग छुट्टी मनाउदा लगाएको विकिनीले बजार तताएको छ । स्पेनमा छुट्टी मनाउने क्रममा कटि्रनाले विकिनी लगाएर मस्ती गरेको तस्बिर सार्वजनिक भएसँगै यसको चर्चा र आलोचना भएको हो । यो बिषयमा कटि्रनाका पूर्व प्रेमी सलमान खान पनि बेखबर छैनन् । हालै मात्र सलमानलाई एक रिपोर्टरले यो बिषयमा प्रश्न सोधेका थिए । प्रश्न भूइमा र्झन नपाउँदै सलमानले ति रिपोर्टरलाई हिन्दी भाषामा मन लाग्दी गाली गरेको भारतिय संचारमाध्यहरुले जनाएका छन् । सलमान प्रश्न सोध्ने रिपोर्टरसँग निक्कै क्रुद्ध पाराले कुर्लिएका थिए । यसअघि पनि सलमानलाई प्रेमिकाको बिषयमा प्रश्न सोध्दा धेरै पत्रकारहरुले उनको रिसको आवेग भोगिसकेका छन् । सन् २००८ मा पनि कटि्रना कैफको जन्मदिनमा नायक साहरुख खानले सलमानकी पूर्व प्रेमिका ऐश्वर्या रायको बिषयमा प्रश्न तेर्श्राएपछि लफडा उत्पन्न भएको थियो । सलमानसँग लामो समय रोमान्स गरेकी कटि्रना यतिबेला रणवीरसँग डेटमा रमाइरहेकी छिन् । यसैले पनि आफ्नो पूर्व प्रेमिकाको यस्तो गतिविधीले सलमानलाई हैरान बनाउनु त स्वभाविक नै हो । तलको बक्स मा क्लिक गरि हेर्नुहोस त सलमान कसरि रिसले गालि गर्दै छन् ।

Category: ,

0 comments