बलात्कारको दृश्यले कसरी पायो एडल्ट सर्टिफिकेट....

Unknown | 05:18 | 0 comments

नेपाली सिने नगरीमा चलचित्र ‘प्राण भन्दा प्यारो’बाट डेब्यू गर्न लागेकी नव कलाकार अनामिका चौलागाइँलाई हेर्न तपाई १६ बर्ष भन्दा माथिको हुनुपर्छ । किनकी अनामिका र बासु पुडासैनीले अभिनय गरेको चलचित्र ‘प्राण भन्दा प्यारो’लाई चलचित्र सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको छ ।

चलचित्रमा समावेश एक बलात्कारको दृश्यका कारण सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको निर्देशक कमलकृष्णले बताएका छन् । नारी बलात्कृत भएपछि उसले आत्महत्या होइन बदला लिनुपर्छ भन्ने कथालाई सिनेमाले उठान गर्न खोजेको छ ।
चलचित्रमा नेपालसँगै मलेसियाका केही कलाकारको पनि अभिनय गरेका छन् । राजेश शाहको सम्पादन, मुकेश हुँमागाइको छायांकन, चन्द्र पन्तको द्वन्द्व, गणेश बगालेको गीत रहेको यो चलचित्र असोज ४ गतेबाट प्रदर्शनमा आउने भएको छ ।भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला ।

Category:

0 comments