भूवन केसीलाई केक खुवाउँदै रीमाले मलेसियामा यसरी मनाइन् जन्मदिन

Unknown | 04:14 | 0 comments

मलेसियाको ठूलो चाड हरिरायको अवसरमा आयोजना हुन लागेको ‘रीमिक्स धमाका’मा सहभागी हुन नेपाली कलाकारहरुको टोली सोमबार यहाँ आइपुगेको छ । कलाकारहरुलाई आयोजक तथा पत्रकारहरुले एलसीसीटी एयरपोर्टमा स्वागत गरेका थिए । कार्यक्रममा भाग लिनका लागि नायक भुवन केसी, नायिका सुष्मा कार्की, नायिका तथा उद्घोषिका रीमा विश्वकर्मा, पप तथा गजल गायक शिव परियार, लोकदोहोरी गायक रामजी खाँड, लोकदोहोरी गायिका मुना थापामगर र हाँस्य कलाकार कमल गाउँले मलेसिया आइपुगेका छन् ।

यसैबिच नायिका रीमा विश्वकर्माले मलेसियामा पुगेर आफ्नो जन्मदिन मनाएकी छिन् । उनले केक काटेर नायिका सुष्मा कार्की, नायक भुवन केसी र आफूसँगै गएका अन्य कलाकारहरुलाई खुवाएकी थिइन् । मलेसियामा जन्मदिन मनाउन पाउँदा निक्कै खुशी लागेको रीमाको प्रतिक्रिया थियो ।भिडियोमा हेर्नुहोस्

Category:

0 comments