बासुले अनामिकालाई भने, ‘नरिसाउन माया’(भिडियो)

Unknown | 04:52 | 0 comments

असोज ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्राण भन्दा प्यारो’ अहिले चर्चामा छ । कमलकृष्णको निर्देशनमा तयार भएको यो चलचित्रमा बासु पुडासैनी र अनामिका चौलागाँइलाई देख्न सकिन्छ ।

बलात्कृत भएपछि महिलाले आत्महत्या होइन बदला लिनुपर्छ भन्ने कथालाई देखाउन खोजेको यो चलचित्रले सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट पनि पाइसकेको छ । यही चलचित्रबाट नै डेब्यू गर्न लागेका बाशु र अनामिकाको जोडीलाई अहिले धेरैले नजर पनि लगाएका छन् । व्यवसायिक सिनेमा बनाउन माहिर मानिएका निर्देशक कमलकृष्णले यो चलचित्रलाई पनि उत्कृष्ट बनाएको विश्लेषण धेरैको छ । यसैबिच चलचित्रमा समावेश ‘नरिसाउन माया’ बोलको गीत सार्वजनिक गरिएको छ ।पुरा भिडियो हेर्नुहोस्

Category:

0 comments