‘फागुनमा बिहे पक्का,मधु र म जहाँ, त्यही हनिमुन’ : राजेश हमाल

Unknown | 02:23 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

माघमा बिहे गर्ने उद्घोष गरेपनि नायक राजेश हमालले पौष महिना लागिसक्दा पनि कुनै सुरसार कसेका छैनन् । यसैले पनि उनको बिहेको बिषयमा धेरै थरिका तर्कहरु सुरु भएका छन् । यो पटक पनि हमालले बिहे गर्दैनन् भन्नेहरु पनि कम छैनन् । राजेश हमालका फ्यानहरु पनि यसपटक निराश हँुदै गएका थिए । तर अनलाइनखबरसँग विशेष कुरा गर्दै नायक हमालले फाल्गुन महिनामा बिहे हुने पक्का गरेका छन् । उनले मधुको परिवारमा केही दुखद घटना भएकाले पनि एक महिना बिहे पछि सरेको बताए ।
सबै तयारी भित्री रुपमा भइरहेको र फाल्गनुमा बिहेको दिन समेत पक्का हुने उनको तर्क छ । हमालले तामझामका साथ बिहे नगर्ने दोहोर्‍याएका छन् । यता बिहे पश्चात हनिमुन कहाँ जाने सोचाइमा हुनुहुन्छ त भन्ने अनलाइनखबरको प्रश्नमा उनले आफू र मधु जहाँ हुन्छौ त्यही नै हनिमुन भएको तर्क गरेका छन् । हनिमुनका लागि खासै त्यस्तो सोचाई नराखेको बताउँदै हमालले कुनै सार्वजनिक कार्यक्रममा मधु र आफू देखिए त्यो पनि हनिमुन नै हुने बताएका छन् । छोराछोरीको बिषयमा पनि हमालको आफ्नो सोचाई छ । उनले छोरा या छोरी जे भएपनि आफूलाई केही फरक नपर्ने बताए । हमालले छोरै छोरा भएपनि वा छोरी नै छोरी भएपनि केही फरक नपर्ने बताए । कतिवटा सम्म पाउने सोचाई छ त भन्ने प्रश्नमा हमालले ठट्यौली शैलीमा जबसम्म शरीरले साथ दिन्छ, तबसम्म भन्ने जवाफ दिएका छन् । राजेश हमालले यो बर्ष पनि बिहे गर्दैनन् कि भन्नेहरुका लागि उनको यो जवाफले ढुक्क त बनाएको छ । हमालले आफ्नो बिहेको बिषयमा धेरै खालका कुरा भएपनि बिहे पश्चात सबैका लागि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तै हुने बताएका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments