झरना, नम्रता, नीता, रेखा र सुमिना ४ महिनाका उत्कृष्ट नायिका

Unknown | 05:22 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

नेपाल चलचित्र विकास कम्पनी (एनएफडिसी) ले आयोजना गर्दै आएको “एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार” को दोस्रो संस्करण “एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७०” को प्रारम्भिक मनोनयन भाग २ सार्वजनिक गरिएको छ । हरेक ४/४ महिनामा सार्वजनिक गरिने प्रारम्भिक मनोनयनको भाग २ अन्र्तगत २०७० भाद्र १ देखि मंसिर मसान्त सम्म सार्वजनिक प्रदर्शनमा आएका कुल २९ चलचित्रको मुल्यांकन गरिएको छ ।संयोजकसहित ५ सदस्य रहेको निर्णायक समितिबाट १७ बिधाका लागि सार्वजनिक मनोनयन अन्र्तगत प्रकाश सर्वोत्कृष्ट निर्देशकको बिधामा होस्टेलबाट हेमराज वि.सी., ढुवानीबाट पिताम्बर पाण्डे, मौनबाट सुरज भुषाल, मधुमासबाट सुदर्शन थापा र कालीबाट सविर श्रेष्ठ मनोनयनमा परेका छन् । यस्तै हिरा सर्वोत्कृष्ट चलचित्रको बिधामा दुर्गिस फिल्मस्को होस्टेल, कविता फिल्मस्को ढुवानी, क्वार्क फिल्म एण्ड आकाश आदीत्य इन्टरटेनमेन्टको मौन, प|mाइडे फिल्मस् को मधुमास र रेखा फिल्मस्को काली बिच प्रतिष्पर्धा हुनेछ । शिब सर्वोत्कृष्ट अभिनेताको बिधामा मधुमासबाट आर्यन सिग्देल, मौनबाट अर्पण थापा, लोफरबाट दयाहाङ राई, ढुवानीबाट किशोर खतिवडा र ग्याम्बलरबाट सुमन सिंह मनोनयनमा छन् ।
भुवन सर्वोत्कृष्ट अभिनेत्रीका लागि कोही त छ बाट झरना थापा, मौनबाट नम्रता श्रेष्ठ, उर्वशीबाट नीता ढुङ्गाना, कालीबाट रेखा थापा र स्टारबाट सुमिना घिमिरे उत्कृष्ट ५ को मनोनयनमा छन् । यस्तै नीर सर्वोत्कृष्ट सहअभिनेताको बिधामा होस्टेलबाट गौरव पहारी, मधुमासबाट मनोज आर.सी., राजनीतिबाट रमेश बुढाथोकी, लोफरबाट सागर लम्साल र सौर्यबाट सौगात मल्ल मनोनयनमा छन् । यता वसुन्धरा सर्वोत्कृष्ट सहअभिनेत्रीको बिधामा उत्कृष्ट ३ को मात्र मनोनयन सार्वजनिक गरीएको छ । जसमा उर्वशीबाट अरुणिमा लम्साल, राजनीतिबाट पवित्रा आचार्य र मधुमासबाट शिवाङ्गनिी राणा मनोनयनमा परेका छन् । यस्तै विश्व सर्वोत्कृष्ट नवअभिनेताको बिधामा पनि ४ जना मात्र मनोनयनमा छन् । जसअन्र्तगत होस्टेलबाट अनमोल के.सी., सौर्यबाट अनुपविक्रम शाही, उर्वशीबाट किशोर श्रेष्ठ र होस्टेलबाट सलोन बस्नेत छन् । चैत्य सर्वोत्कृष्ट नवअभिनेत्रीको मनोनयनमा हाम्री चेलीबाट अञ्जु निरौला, राजनीतिबाट कोमल वली, होस्टेलबाट प्रकृति श्रेष्ठ, मधुमासबाट पूजा शर्मा र ढुवानीबाट सगुन शाही रहेका छन् । राष्ट्रिय चलचित्र पुरस्कार २०७० को प्रारम्भिक मनोनयन भाग २ अन्र्तगत चेतन सर्वोत्कृष्ट पटकथा लेखनका लागि मौनबाट अर्पण थापा, हाम्री चेलीबाट मनिष पन्थ, मधुमासबाट दिनेश न्यौपाने र अविनाश बिक्रम शाह, होस्टेलबाट हेमराज बिसी र ढुवानीबाट पिताम्बर पाण्डे रहेका छन् । यस्तै भुटानी सर्वोत्कृष्ट द्वन्द्व निर्देशकको बिधामा ढुवानीबाट देव महर्जन, वार, बाउन्सर र ग्याम्बलरबाट हिमाल केसी र कालीबाट रोशन श्रेष्ठ मनोनयनमा छन् । हिमाल एकै बिधाका लागि ३ चलचित्रबाट मनोनयनमा परेका हुन । मञ्जु सर्वोत्कृष्ट छायाँकारको बिधामा उर्वशीबाट दीव्य सुबेदी, मधुमासबाट दीपक बजाचार्य, होस्टेलबाट हरि हुमागाई, ढुवानीबाट पुरुषोत्तम प्रधान र मौनबाट सञ्जय लामा मनोनयनमा छन् । यता तुलसी सर्वोत्कृष्ट सम्पादकका लागि कालीबाट बनिष शाह र अर्जुन जि.सी., सौर्यका लागि चन्दन दत्त र बिशाल कोइराला, मौनका लागि निमेश श्रेष्ठ, र होस्टेल र ढुवानीबाट सुरेन्द्र पौडेल मनोनयनमा परेका छन् । यस्तै प्रदीप सर्वोत्कृष्ट ध्वनी पुनः मुऽणका लागि सौर्यबाट विशेष पाण्डे, कालीबाट मुकेश शाह, लोफरबाट नारायण जोशी र ढुवानी र होस्टेलबाट उत्तम न्यौपाने मनोनयनमा छन् । यस बिधामा उत्तम ढुवानी र होस्टेल दुई चलचित्रबाट परेका छन् । सर्वोत्कृष्ट संगीतकारको बिधामा चलचित्र राजनीतिको ए हावा र विन्दास २ को सुन्छु तिमीले बोलको गीतबाट अर्जुन पोखरेल, कालीको स्लोली स्लोलीबाट वसन्त सापकोटा, जंजीरको किन गाह्रो गाह्रो बोलको गीतबाट टंक बुढाथोकी र मधुमासको आँटी सक्यो बोलको गीतबाट सुरेश अधिकारी मनोनयनमा परेका छन् । उदित सर्वोत्कृष्ट पाश्र्वगायनका लागि मधुमासको आँटीसक्यो बोलको गीतबाट अञ्जु पन्त, सोही गीतबाट दीपक लिम्बु, कालीको स्लोली स्लोलीबाट मिलन अमात्य, राजनीतिको ए हावा बोलको गीतबाट सञ्जिवनी र बिन्दास २ को सुन्छु तिमीले बोलको गीतबाट शिव परीयार मनोनयनमा परेका छन् । यस्तै शुभ सर्वोत्कृष्ट पाश्र्व संगीतको मनोनयनमा ग्याम्बलरबाट एलिस कार्की, राजनीतिबाट अमित श्रेष्ठ, होस्टेल र मौनबाट रोहित शाक्य र ढुवानीबाट सुजिल कर्माचार्य छन् । वसन्त सर्वोत्कृष्ट नृत्य निर्देशकको लागि कालीको स्लोली स्लोली र लोफरको एक्कासी दुक्कासी बोलको गीतबाट कविराज गहतराज, मधुमासको आँटीसक्यो बोलको गीतबाट रिनाशा राई, उर्वशीको सजाउँला बोलको गीतबाट बब्बु थापा र ग्याम्बलरको कति खुशी बोलको गीतबाट राजन राई मनोनयनमा परेका छन् । वसन्त सर्वोत्कृष्ट नृत्य निर्देशकको बिधामा कविराज गहतराज दुई चलचित्रबाट मनोनयनमा छन् । चलचित्र उद्योगमा २५ वर्षभन्दा लामो समय सम्म योगदान पुर्‍याएका र हाल पनि क्रियाशिल विशिष्ट चलचित्रकर्मीहरुलाई उच्च सम्मान व्यक्त गर्दै तिनै दिग्गज हस्तीहरुको नामबाट नामाङ्करण गरीएको अवार्डमा पुरस्कृत हुनेहरुलाई सम्मानपत्र, ट्रफीका साथमा नगद राशी प्रदान गरिनेछ । जसमा सर्वाेत्कृष्ट चलचित्र निर्देशकलाई ट्रफी, प्रमाणपत्रसहित रु १ लाख र “मह” जुरी अवार्डको बिधामा ट्रफी, प्रमाणपत्रसहित स्वदेशीलाई ५१ र विदेशी श्रष्ट्राको हकमा भने ट्रफी, प्रमाणपत्रसहित ५५५ युएस डलर प्रदान गरिने छ । यस्तै अन्य सम्पुर्ण बिधाहरुमा ट्रफी, प्रमाणपत्रसहित रु ५१ हजार प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डको तेश्रो चरण चैत्र मसान्त पश्चात सार्वजनिक गरिनेछ । यसपश्चात यि सबै विधाबाट अन्तिम ५ नामाबली सार्वजनिक गरिने छ । अन्तिम ५ मा पर्न सफल चलचित्रकर्मी मध्येबाट प्रत्येक विधाबाट एक जनालाई एक भव्य कार्यक्रमका बिच अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments