मान्छेले मान्छेकै मासु खाएपछि.

Unknown | 03:01 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

काठमाडौं, पौष २९ । मध्य अफ्रिकी गणतन्त्रको हिंसामा एक जना मानिसले विपक्षी अर्का व्यक्तिलाई मारेर खाएको दाबी गरेका छन् । आफ्नो छोराछोरी, गर्भवती श्रीमती र बुहारीको हत्या गरेपछि रिसले चूर भई आफूले यस्तो गर्नु परेको तिनले बताए । बीबीसीसँग कुरा गर्दै उनले आफ्ना परिवारको हत्या गर्नेलाई मारेर मासु खाएको बताए । आफूलाई ‘पागल कुकुर’ भन्ने क्रिश्चियन समुदायका उनले राजधानी बान्गुईमा मुश्लिम व्यक्तिलाई आक्रमण गरेका थिए । बसमा गइरहेको उक्त व्यक्तिलाई उनले पिछा गर्दैै बसबाट सडकमा निकालेर पिट्दै आगो लगाएका थिए । क्रिश्चियन बाहुल्य मध्य अफ्रिकी गणतन्त्रमा क्रिश्चियन र मुश्लिम समुदायबीच साम्प्रदायिक तनाब हुँदा डिसेम्बरयता एक हजारभन्दा बढी मारिइसकेका छन् ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments