नेपाल आउँदैछिन् प्रियंका चोपडा

Unknown | 03:33 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

आफ्नो ट्विटरमा चर्चित फेशन डिजाइनर प्रबल गुरुङको ट्विटलाई मेन्सेन गर्दै बलिउड चर्चित अभिनेत्री प्रियंका चोपडाले ‘नेपालमा भेटौला’ भनेकी छिन् । प्रबल गुरुङले तयार पारेको पोशाकमा आफूलाई निक्कै आकर्षक देखिएको भन्दै प्रियंकाले केही तस्बिरहरु पनि सार्वजनिक गरेकी छिन् । बिहिबार न्यूयोर्कमा प्रबल र प्रियंकाको भेट भएको थियो । प्रियंकालाई प्रबलले शिक्षा फाउन्डेशनका लागि नेपालमा ल्याउन लागेको बताइन्छ । केही समय अघि एक कार्यक्रम आयोजक संस्थाले प्रियंका र साहरुख खानलाई नेपाल ल्याउने बताएको थियो । तर उनीहरु नेपाल आउने भनेर गरिएको चर्चा बिचमै सेलायो । नेपालमा लाखौ फ्यान बटुलेकी प्रियंकाले आफ्नै ट्विटर मार्फत नेपाल आउने बताएर लाखौ नेपाली फ्यानहरुलाई खुशी बनाएकी छिन् । तर उनी कहिले नेपाल आउनेछिन् भन्ने केही खुलाइएको छैन ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments