Unknown |
02:25 |
0
comments
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२९ फागुन, काठमाण्डौ । कतार एयरवेज ग्रुप यो वर्षको ‘एयरलाइन अफ द इयर’ घोषित भएको छ । टर्कीको इस्तानबुलमा यसै साता आयोजित एयर ट्रान्सपोर्ट न्यूज २०१४ अवार्डसमा सो घोषणा भएको हो । एयर ट्रान्सपोर्ट न्यूज २०१४ अवार्डसमा दोहा अन्तर्राष्ट्रिय विमानस्थलले यो वर्षको सर्वोत्कृष्ट विमानस्थल सम्मान पाएको छ । विजेता छनौटमा ४ हजार २ सयभन्दा बढी एयर ट्रान्सपोर्ट न्यूजका पाठक सर्वेक्षण र अन्तर्राष्ट्रिय पहिचानका एयरलाइन्स विज्ञहरुको निणर्ायक टोली सम्मिलित थियो । निणर्ायक टोलीले विभिन्न १४ विधामा विश्लेषण गरेका थिए । कतार एयरवेजका प्रमुख कार्यकारी अधिकृत महामहिम अकबर अब बेकरले अवार्ड पाएकोमा खुसी व्यक्त गरे । ‘एयर ट्रान्सपोर्ट न्यूज अवार्डबाट सम्मानित गरिएकोमा हामी गर्व महसुस गरेका छांै’ उनले भने । उनले अवार्ड प्राप्ति यात्रुहरुले कतार एयरवेजको उत्पादन र सेवाप्रति दर्शाएको विश्वासको प्रतिविम्ब भएको समेत बताएका छन् । अवार्डले आगामी दिनमा विश्वस्तरीय सेवा प्रवाह गर्न कडा मेहनत गर्नुपर्ने मार्गनिर्देश पनि भएको धारणा कर्मचारीसमक्ष राखेका छन् । सोही कार्यक्रममा वान वल्र्ड अलायन्सले आठौं पटक सर्वोत्कृष्ट अलायन्स पाएको छ । यो संस्था पनि कतार एयरवेजको साझेदार हो ।

‘आठौं पटक पनि हामीले अवार्ड पाउँदा गौरवान्वित भएका छौं’ अलायन्सका प्रमुख कार्यकारी अधिकृत बु्रस आस्बीले भने- ‘यसै महिना थप दुई ठूला एयरलाइन्स टिएम र युएस एयरलाइन्सलाई स्वागत गर्दैछौं, अवार्डले थप रोमाञ्चकता थपेको छ ।’ गत अक्टोबर ३० मा कतार एयरवेज वान वल्र्ड अलायन्समा आवद्ध भएको हो । विश्वव्यापी वायुसेवा सञ्जाल भएको यसमा आवद्ध हुने कतार एयरवेज खाडी क्षेत्रको पहिलो एयरलाइन्स कम्पनी हो । अलायन्सले विश्वका १ हजारभन्दा बढी विमानस्थल र १ सय ५० मुलुकमा वायु सेवा सञ्जाल चलाइरहेको छ । जसबाट दैनिक १४ हजार उडान हुने गर्दछ । एयर ट्रान्सपोर्ट न्यूजका प्रबन्ध निर्देशक डा. कोस्तास इयाट्रो वायुसेवा उद्योगको क्षेत्रमा तीन वर्षदेखि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका कम्पनीहरुको लोकतान्त्रिक प्रतिस्पर्धाबाट विजयी घोषणा गर्ने गरेको बताए । ‘विजयी सबैलाई बधाइ छ’ उनले भने । कतार एयरवेज ‘बेस्ट बिजिनेस क्लास’ एयरलायन्सको रुपमा पनि सम्मानित भइसकेको छ । बेलायत र मध्यपूर्वी क्षेत्रमा दिइरहेको वायुसेवाको आधारमा उसलाई एसिया-प्रशान्त क्षेत्रका व्यवसायी यात्रुहरुको मतको आधारमा सम्मानित गरिएको जनाइएको छ । १७ वर्षदेखि सञ्चालनमा आएको कतार एयरवेजलेे हाल १ सय २७ जहाजले युरोप, मध्यपूर्व, अफ्रिका, एसिया प्यासिफिक र अमेरिकाका १ सय ३६ सहरमा सेवा पुर्याइरहेको छ । अर्को महिनादेखि अमेरिकाको फिलाडेल्फिया, मियामी, डल्लास/फोर्ट वर्थ र साइप्रसको लर्नासा, टर्कीको इस्तानुबुल, स्कटल्याण्डको इडनबर्ग तथा जापानको हनेडामा सेवा विस्तार गर्ने जनाएको छ । गत जुनमा प|mान्सको पेरिसमा आयोजित वल्र्ड एयरलाइन अवार्डस्मा कतार एयरवेजले तीनवटा सम्मान पाएको थियो । विश्वकै सर्वोत्कृष्ट बिजनेश क्लास, सर्वोत्कृष्ट बिजनेस क्लाब लाउन्ज र मध्यपूर्वी क्षेत्रको वायुसेवा कर्मचारीमध्ये सर्वोत्कृष्ट कर्मचारी समूहको रुपमा कतार एयरलाइन्स सम्मानित भइसकेको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
Category:
intresting,
wonder
0 comments