विश्वकप खेलेर फर्केको नेपाली क्रिकेट टोलीको भब्य स्वागत

Unknown | 03:08 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

७ चैत,काठमाडौं । बंगलादेशमा जारी ट्वान्टी २० विश्वकप प्रतियोगिता नेपाली क्रिकेट प्रतियोगिता खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार दिउँसो काठमाडौं आइपुगेको छ । त्रिभुवन विमानस्थलमा उत्रेको नेपाली क्रिकेट टोलीलाई खेलकुदमन्त्री परषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिव युवराज लामा र क्यानका अध्यक्ष टंक आङबुहाङसहितले स्वागत गरेका हुन्। क्रिकेट टोलीको स्वागतका लागि समर्थकहरू राष्ट्रिय झण्डा र नेपाली क्रिकेट टोलीको पोशाकमा त्रिभुवन विमानस्थलमा पुगेका छन् । बंगलादेशमा भएको ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले दुई खेल जितेको थियो भने एक खेलमा हार बेहोरेको थियो ।
हङकङसँगको पहिलो खेलमा सानदार जित दर्ता गरेको नेपालले आयोजक बंगदादेशसँग भने सम्मानजनक हार बेहोरेको थियो । त्यस्तै बिहीबार अफगानिस्तानसँग भएको खेलमा पनि नेपालले सानदार प्रदर्शन गर्दै जीत दर्ता गराएको थियो । बंगलादेशसँग बराबरी अंक बनाएपनि नेपाली टोली रनरेटका आधारले अघिल्लो चरणमा भने प्रवेश गर्न पाएन । टोलीलाई नेपाल क्रिकेट संघले भव्य स्वागत गर्ने तयारी गरेको छ । संघले आज नगर परिक्रमा गराउने र अन्य स्वागतका कार्यक्रम विस्तारै तय गर्ने योजना बनाएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments