जिन्दगीदेखि वाक्क युवकले भने– रिफ्रेस हुन जेल लैजाउ

Unknown | 16:41 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

३० बर्षिय लक्का जवान । लाउँला, खाउँला भन्ने यो उमेरमा जीन्दगीप्रति निकै आशा र उत्साह हुन्छ । तर बेलायतका एक युवक भने यस्तो उमेरमा पनि जिन्दगीदेखि वाक्क लागेर आफुलाई रिफ्रेस गर्ने नयाँ उपायको खोजीमा लागे । हालै नसाले चुर भएका उनले इमर्जेन्सी नम्बरमा फोन गरेर प्रहरीलाई बोलाए । प्रहरीसमक्ष उनले भने– मलाई यो शहर र जीवनदेखि नै दिक्क लाग्यो, रिफ्रेस हुन जेल पठाउ ।’ तर, कुनै अपराध नगरि जेल लैजान नसक्ने प्रहरीले जानकारी दिए । प्रहरीले जेल लान अस्वीकार गरेपछि उनी घर नजिककै एक पसलमा गएर १२८ पाउण्डका सामान चोरे । चोरी गरिरहँदा स्थानीवासीले देखे र प्रहरीलाई बोलाए । प्रहरी आएको देखेर उनी निकै खुसी भए । आफ्नो इच्छा पुरा हुने देखेर उनमा खुसीको कुनै सीमा थिएन् । चोरी गरेको अभियोगमा प्रहरीले उनलाई १२ हप्ता जेल सजायँ सुनाएको छ । तर, उनलाई टेन्सन के छ भने अबको ६ हप्तामै उनी जेल बाहिर आउनुपर्ने छ । जुन शहर र जीवनदेखि उनलाई दिक्क लागेको थियो, फेरि त्यही शहरमा दिनहरु बिताउनुपर्ने छ । उनी बसोबास गरिरहेको चर्च स्ट्रेटटोन शहर प्राकृतिक सौन्दर्यका लागि कहलिएको छ ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: , ,

0 comments