Home �
intresting
,
wonder
� मासिक २ देखि ५ किलोग्रामसम्म तौल घटाउने तरिका
Unknown |
01:43 |
0
comments
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
दैनिक १००० क्यालोरीयुक्त खानाको प्रयोग गर्न सुरू गरेको ७ दिनपछि तौल घट्न थाल्छ । आफ्नो शरीरको तौल ठीक ठाउँमा नआउँदासम्म यसै अनुसारको खाद्यपदार्थको प्रयोग गरिरहनुपर्छ । तौल ठीक ठाउँमा (उचाइ अनुसारको हुनुपर्ने तौल) आएपछि खानाको क्यालोरी अलिकता बढाउनु आवश्यक पर्छ, अन्यथा तौल घट्ने क्रम जारी नै रहन्छ । क्यालोरी धेरै बढाएमा तौल फेरि बढ्न थाल्छ । त्यसकारण तौल नबढोस् पनि, नघटोस् पनि भन्ने हिसाबले दैनिक प्रयोग गर्ने क्यालोरीको हिसाब आफैंले मिलाउनुपर्छ । हप्ताको १ पल्ट अनिवार्य रूपमा शरीरको तौल नाप्नुपर्छ । तौल नाप्दा बिहान नित्यकर्म सकेपछि खाना खानुभन्दा अगाडि नाप्नु उत्तम हुन्छ ।
बिहान सबेरै (नित्य कर्म सकेपछि) – १ गिलास (२०० मि.लि.) कागती र तातो पानी पिउने
बिहानको खाना (ब्रेकफास्ट)

१) १ कप दूध अथवा दूध राखेको १ कप चिया वा कफी (चिनीको प्रयोग नगर्ने)
२) कुनै एउटा फलफूल– सुन्तला, स्याउ, मेवा (केरा र आँपबाहेक)
३) २–३ टुक्रा टमाटर वा काँक्रो
४) १ पिस पाउरोटी (बढी मोटो व्यक्तिले नखाने)
५) १ वटा अण्डा
दिउसोको खाना (लन्च)
१) मौसमअनुसारको तरकारीको सुप १ कप खाएर खानाको सुरुआत गर्ने ।
२) २–३ टुक्रा काँक्रो वा गाजर वा टमाटर राम्रोसँग चपाएर खाने ।
३) सुख्खा रोटी (चपाटी)– २ वटा अथवा भात १ कप
४) दाल १ सानो कचौरा ।
५) हरियो मौसमी तरकारी– १ कचौरा ।
६) हरियो सलाद– इच्छानुसार ।
७) माछा वा बोसो नभएको मासु १–२ टुक्रा ।
८) दही १ सानो कचौरा ।
९) पकाउने तेल वा घ्यूको प्रयोग जम्मा ५ ग्राम (१ चम्चा) मात्र ।
दिउसोको चिया – १ कप (दूध थोरै मात्र, चिनी नराख्ने) ।
बेलुकाको खाना (डिनर) – दिउँसोको खाना (लन्च) मा उल्लेख भएअनुसारकै खाद्यपदार्थहरूको प्रयोग गर्ने ।
सुत्ने बेलामा – १ गिलास आयुर्वेदिक अर्थात् ज्यास्मिन चिया (दूध, चिनी नखाने) – डा.प्रकाशराज रेग्मी
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
Category:
intresting,
wonder
0 comments