पूर्व आइजीपीसँग बिहे गर्दै मिथिला शर्मा

Unknown | 00:10 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

५० बर्षको उमेरमा आएपछि चर्चित कलाकार मिथिला शर्माले बिबाह बन्धनमा बाँधिने निर्णय गरेकी छिन् । चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री एवं नृत्यांगना मिथिला शर्माले बिहे गर्न लागेका पुरुष को होलान् भन्ने खुलदुली पनि धेरैलाई हुनसक्छ ।
उनले पूर्वप्रहरी महानिरिक्षक मोतीलाल बोहरासँग बिहे गर्न लागेको आज प्रकाशित ‘नेपाल साप्ताहिक’ले उल्लेख गरेको छ । मिथिलाले यसै बर्ष भित्रमा नै बिहे गर्ने बताएकी छिन् । वि.सं २०२४ सालमा असई पदबाट प्रहरीमा प्रवेश गरी त्यसको एक बर्षपछि नै प्रहरी निरिक्षक भएयता मिथिला र बोहराको चिनजानी थियो । युवा अवस्थाबाट नै मिथिला बोहराको व्यक्तित्वबाट परिचित थिइन् । केही महिनाअघि बोहराको तर्फबाट बिहेको प्रस्ताव आएपछि मिथिला घोत्लिन बाध्य भएकी हुन् । ‘नेपाल साप्ताहिक’का लागि रमण घिमिरेसँग कुरा गर्दै मिथिलाले आफन्तका सुझाव र सल्लाहा पश्चात यस्तो निर्णय लिएको बताइन् । ७४ बर्षका बोहरा आफ्नो पत्नी कलाको एक बर्ष अघिको निधनको शोकबाट भर्खर मात्र बाहिर आएका थिए । बोहराको परिवारसँग मिथिला पूर्व परिचित पनि थिइन् । मिथिलाले आफूले एउटा गृहिणीको रुपमा नभई साथीको रुपमा बोहरासँग सम्बन्ध गाँस्न लागेको बताएकी छिन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments