२ घन्टा कुरेपछि ‘कट’ नै नभनी यसरी नरिबल फोडे कांग्रेसका नेताले..

Unknown | 07:26 | 0 comments

सधै राजनीतिक कार्यक्रम र भाषणमा रमाउने गरेका नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शनिबार फरक अनुभुती गरे । चलचित्र ‘विन्दास २’ को शुभमुहुर्त कार्यक्रमका लागि काठमाण्डौको भद्रकाली मन्दिरमा पुगेका केसीले करिब २ घन्टा कुर्नु पर्‍यो ।कार्यक्रमका लागि २ घन्टा कुरेका केसीले मुहुर्त सर्टमा पनि रमाइलो गरेका थिए । चलचित्रको मुहुर्त सर्टमा कलाकारले संवाद बोलेपछि ‘कट’ भनेलगतै नरिबल फोड्ने गरिन्छ । तर कसैले जानकारी नदिएकाले पनि अर्जुनले निर्देशक समाजका अध्यक्ष दिनेश डीसीले क्ल्याप हाने लगतै नरिबल फोडिदिएका थिए । उनले नरिबल फोडेपछि मात्र कलाकारले संवाद बोलेका थिए भने चलचित्र पत्रकार संघका महासचिव लक्ष्मण सुवेदीले ‘कट’ बोलेका थिए ।राजु गिरीको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा जीवन लुइटेल, सुष्मा कार्की, सुशान्त कार्की, अनिशा गुरुङ, आरती लामा लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रको छायांकन मुहुर्त सँगै सुरु भएको छ ।युवापुस्तामा बढ्दै गएको लागूपदार्थ दुव्र्यसनीको बिषयलाई यो चलचित्रले उठान गरेको छ । चलचित्रको छायांकन काठमाण्डौ, मुडे लगायतका क्षेत्रमा गरिनेछ । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व, अर्जुन पोखरेलको संगीत रहने छ । यसअघि ‘विन्दास’ सफल भएपछि निर्माता मधुकुमार श्रेष्ठले यसको सिक्वेल बनाउन लागेका हुन् ।

Category:

0 comments